आइतबार, वैशाख ७, २०८२

लगनखेलमा एक पुरुष मृत भेटिए

मेरोन्यूज २०८१ फागुन ६ गते १३:०६

काठमाडौं । ललितपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित राजु अवालेको घरमा संचालित भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्ने मकवानपुर चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर सोही घरको पाँचौ तलामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

प्रतिक्रिया