बुढानिलकण्ठबाट फेरि पक्राउ परे चार भारतीय, दुई अर्बबढीको अनलाइन जुवा खेलाएको आरोप

काठमाडौं। प्रहरीले काठमाडौंबाट गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा थप चार जना भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तरप्रदेश गोरखपुर घर भई काठमाडौं बुढानिलकण्ठ-२ बस्ने २२ वर्षीय एमडी आरिफ हुसेन, उत्तर प्रदेशकै फत्तेपुर जिल्ला घर भएका ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय अभिषेक मदेसिया र ४० वर्षीय इरफान पठान रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार बुढानिलकण्ठ नगरपालिका-२ तौलुङबाट पक्राउ गरेको हो।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार उनीहरूलाई घर भाडामा लिएर गैरकानुनी अनलाइन जुवा खेलाएको आरोपमा सोमबार बेलुका पक्राउ गरिएको हो।
उनीहरूले दुई अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको प्रारम्भिक अनुसन्धनले देखाएको एसएसपी अधिकारीले बताए।
पक्राउ परेका भारतीयबाट १२ थान ल्यापटप, १२ थान मोबाइल, क्यालकुलेटर ७ थान र हिसाब-किताबको अभिलेख राखिएको १३३ पाना र डायरी तीन थान बरामद भएको अधिकारीले बताए।
पक्राउ परेकालाई मंगलबार अनलाइन जुवा खेल्न/खेलाउन नपाइने कसुरमा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको अधिकारीले बताए।
सोमबारै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुढानिलकण्ठबाटै डेढ अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीयलाई पक्राउ गरेको थियो।
यसअघि तीन अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा परिसरले बुढानिलकण्ठको घरमा छापा मारेर भारतीय र नेपाली पक्राउ गरेको थियो।
















रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया