विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको सो विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।
यसअघि विधेयकका विभिन्न पक्षका बारेमा सांसदहरूले सरकारको धारणा मागेका थिए । सांसदहरूको जिज्ञासाको जवाफमा मन्त्री भण्डारीले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न यो विधेयक ल्याएको बताए ।
मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धनलगायत क्षेत्रमा विद्युतीय व्यापार अतिआवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको मन्त्री भण्डारीले बताए ।
कार्यान्वयनका चरणमा लैजाँदा नियमावली तथा कार्यविधि बनाएर थप व्याख्या गरिने उनको भनाइ छ । अहिलेको प्रविधिको विकाससँगै यसलाई संशोधन गर्दै जान सकिने उद्योगमन्त्री भण्डारीले उल्लेख गरे । विधेयकमाथि संसदमा पर्याप्त छलफल भएको र यसलाई बढीभन्दा बढी कार्यान्वयनयोग्य बनाउन खोजिएको उनको भनाइ छ । कानुनी व्यवस्थाको अभावमा विद्युतीय माध्यामद्वारा सञ्चालन गरिने व्यापारको व्यवस्थापन गर्न कठिन थियो । यो ऐन कार्यान्वयनमा आएसँगै इ–कमर्सलाई नियमन र व्यवस्थापन गर्न सहज हुने मन्त्री भण्डारीको भनाइ छ ।
अर्थतन्त्रमा टेवा पुर्याउने, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्ने, उपभोक्ताको पहुँच सरल र सहज हुने भएका कारण यो कानुन बनेर कार्यान्वयनमा आउन अति आवश्यक रहेको उनले उल्लेख गरे ।
यस्तै, आजको बैठकमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त प्रस्ताव पेस गरे । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ११ गते १३ बजे बस्नेछ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया