बिहीबार, पुष ३, २०८२

नेक्सन वेन्चरले चितवनमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्ने

मेरोन्यूज २०८१ फागुन ८ गते १४:२७

चितवन । नेक्सन वेन्चर प्रालिले चितवनको भरतपुरमा विद्युतीय कार टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।

कम्पनीले भरतपुरको चितवन गार्डेन रिसोर्टमा फागुन ९ र १० गते टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प गर्न लागेको हो ।

एलएस अटोले बनाएको पहिलो मोडल एलईभी ०१ नेपालमा बिक्री सुरु भइसकेकाे छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारीक वितरक नियुक्त भएपछि एलएस अटोको एलईभी ०१ ल्याएको हो ।

चीनको लिडिङ डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ ।

एलएस अटोले सन् २०२५ मा थप दुई मोडलहरु एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरु एलएचएस र आरएचएस दुबै अप्सनमा बन्ने भएकोले छिटै नेपालमा समेत आउनेछन् ।

प्रतिक्रिया