कांग्रेस र एमालेले मात्र संविधान संशोधन गर्दैनन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुलकमा व्यवसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।
बिहीवार पार्टीनिकट नेपाल वित्तिय संस्थाको आठौं राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै लेखकले अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।
मन्त्री लेखकले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताए । उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण चाँडै नै संसदबाट स्वीकृत हुने जिकिर गरे ।
मन्त्री लेखकले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरुबीच सहमति खोजिने बताए । गृहमन्त्री लेखकले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सवल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिन बताए ।
संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरुबीच सहमति समेत भइसकेको र सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने लेखकको भनाइ छ ।















खाडीमा इरानी आक्रमण, कच्चा तेलको मूल्य १०० डलर नाघ्यो
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन गगनलाई ललितपुरका जनप्रतिनिधिको आग्रह
चितवन कारागारबाट भागेका ११ भारतीयसहित १ सय कैदी अझै फर्किएनन्
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
प्रतिक्रिया