शुक्रबार, फागुन २९, २०८२

ग्लोबल मोटर्सले उद्घाटन गर्‍याे ललितपुरमा टीभीएसको नयाँ शोरूम

मेरोन्यूज २०८१ फागुन ११ गते १३:४०

ललितपुर। ग्लोबल मोटर्सले बालकुमारीमा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

फागुन ८ गते आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता र ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले रिबन काटेर शोरुमको उद्घाटन गरे।

ग्लोबल मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ।

त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले टीभीएसले सधैँ उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको दाबी गरे।

नयाँ डिलरशिपले कम्पनीको उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्याउने प्रतिबद्धतालाई अझ मजबुत बनाउने उनको भनाइ छ।

जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। देशभर १५० भन्दा बढी डिलरहरूको सञ्जाल छ।

प्रतिक्रिया