शुक्रबार, फागुन २९, २०८२

दिपलको नयाँ स्टेट–अफ–आर्ट सोरुम पोखरामा

मेरोन्यूज २०८१ फागुन ११ गते १७:२४

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट-ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो। दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रूपमा उद्घाटन गरे। सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो।

पोखरामा नयाँ सोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले नयाँ सोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यो अवधिमा गण्डकी क्षेत्रका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।

‘टेस्ट ड्राइभ द फ्युचर’ नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाइनेछ। यसका अलावा दिपलका इभी टेस्टड्राइभ गर्ने सबैले दिपलको तर्फबाट उपहार पाउनेछन्।

नयाँ सोरुम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दु कुमार थापाले अटोमोबाइलमा सेल्स, सर्भिस र स्पेयर्सको उत्तिकै महत्व हुने बताए। स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य पनि महत्वपूर्ण हुने उनको भनाइ थियो। त्यसैगरी, नाडाका अध्यक्ष करण चौधरीले नेपालले विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी इभी भएको बताए। नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको दाबी गरे।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन्, जसकारण यो इभी नेपाली बजारमा सात सयभन्दा बढी बिक्री भइसकेको छ।

प्रतिक्रिया