अमेरिका पठाइदिने भन्दै दुई जनाबाट एक करोड ४४ लाख ठगी, तीन पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका-२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र ड्का रहेका छन्।
ललितपुर महाललक्ष्मी नगरपालिका-४ बस्दै आएका मनिषराज, टोखा नगरपालिका-८ बस्दै आएका मधुकुमार र वीरेन्द्रलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
दुई जनालाई विभिन्न देशको बाटो हुँदै अमेरिका लैजाने बहानामा उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचारये बताए।
रकम लिएर सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका थिए। पीडितले उजुरी दिएपछि खड्कात्रयको खोजीमा प्रहरी लागेको थियो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।










भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया