बैंककाे जागिर छाडेर स्कुल हाँकिरहेकी जुनिता

मेरो बाल्यकाल एकदम रमाइलो रह्यो । म चाहिँ घरमा सबै भन्दा कान्छी छोरी । म भन्दा माथि दुई जना दिदी हुनुहुन्थ्यो । दिदीहरुभन्दा धेरै उमेरको फरकको कारणले पनि बाल्यकालमा म पुलपुलिएरै हुर्किएँ ।
हाम्रो परिवार धार्मिक सिद्धान्तलाई मान्ने भएकाले कुनै पनि साना–ठूला उपलब्धी र सफलता प्राप्त हुँदा धन्यवाद/कृतज्ञता व्यक्त गर्न सिकाउनुभयो । हामी चाहिँ तीन जना छोरी थियौँ, हाम्रो परिवारमा छोराको आवश्यकता महसुस गरिएको मलाई थाहा छैन ।
मेरो पुरख्यौली घर काठमाडौंको लाजिम्पाट हो । म २०३९ सालमा जन्मेको । विद्यालय जीवन पनि मेरो पढाई चित्तबुझ्दो मात्र थियो । म अतिरिक्त क्रियाकलापमा भने सक्रिय सहभागिता जनाउँथे । कक्षा एक देखि पाँचसम्म गुहेश्वरी स्कुल पढें, त्यसपछि प्लस टुसम्म भानुभक्त मेमोरियल पढें । मेरो चाहिँ प्लस टु पास गरेपछि बाहिर जाने लक्ष्य थियो । मैले तयारी पनि गरिरहेको थिए । तर केही कारणले गर्दा म नेपालमै पढ्ने भए । एसीइ इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट मैलै ब्याचलर गरे र मास्टर पनि त्यहीँ स्कुलमा गरे ।
म सानै बाट कम बोल्ने स्वभावको थिए । त्यो स्कुलको व्यवस्थापन धेरै राम्रो भएकाले मैले त्यहाँबाट धेरै कुरा सिके । केहि समय मैले बैंकिङ क्षेत्रमा काम गरेँ । तर आफ्नै स्कुल भएको कारण स्कुलमा मैले समय दिनुपर्छ भनेर मैले बैंकिङ क्षेत्र छोडे । शिक्षाको क्षेत्र निक्कै चुनौतिपूर्ण र संवेदनसिल छ । विद्यार्थीको शैक्षिक गुणस्तर, अनुसाशन, व्यहारमा परिवर्तन ल्याउन विद्यालयको ठूलो भूमिका हुने रहेछ ।
मैले स्कुलको जिम्मेवारी लिने भएपछि काठमाडौं युनिभरसिटीबाट मास्टर इन एजुकेसनलाई निरन्तरता दिए । यम एट सकिएपछि ममा झन् उर्जा थपियो । सन् २०१३ मा प्रेम विवाहपछि हाम्रा छोरा र छोरी दुई सन्तान भए ।
हामी आर्थिक रुपमा सशक्त, आत्मनिर्भर बन्न र करियरलाई अगाडि बढाउन हामी दुबैजनाले मेहनत ग¥यौँ ।
त्यसैको प्रतिफल स्वरुप सन् २०१३ बाट इम्पेरियल वल्र्ड स्कुलमा सुरु गरियो । त्यसै क्रममा देशविदेशसम्म पुगेर शिक्षा क्षेत्रमै काम ग¥यौँ । हामीले विदेशको शिक्षा क्षेत्रमा सैद्धान्तिक भन्दा प्रयोगात्मक विधिबाट पढाइने ज्ञान पायौँ । त्यही देखेर, सिकेर हामीले इम्पेरियल स्कुलमा पनि विद्यार्थीको शैक्षिकलगायत विविध क्षेत्रको समग्र विकासका लागि प्रयोगात्मक विधि नै अपनाउँदै आएका छौँ, यसबाट दक्ष र जिम्मेवार नागरिक तयार हुने विश्वास गरेका छौँ । नेपालको सन्दर्भमा विद्यालय चलाउने निक्कै चुनौतिपूर्ण र जिम्मेवार पेशा हो ।
स्कुल सुरु गर्दा नै स्कुलको स्पष्ट लक्ष्य र उद्देश्य निर्धारण गरेर अगाडि बढाएका छौँ । साधारणतया पढाउने स्कुल त सबैले खोलेकै छन् । भौतिक संरचना र जनशक्ति पनि राम्रो प्रवन्ध मिलाएर पढाउने विद्यालयहरु पनि प्रसस्त छन् । त्यस्ता विद्यालयहरुको भिडमा अभिभावकले इम्पेरियल स्कुलमै आफ्ना बालबालिकालाई किन पढाउने त ? भन्ने प्रश्नको उत्तर नतिजामै देखाउन सके मात्र इम्पेलियललाई छनौट गर्छन् भन्ने मान्यताका साथ हामी सम्पूर्ण स्कुलको टिमले मिलेर काम गरिहेका छौँ ।
हाम्रो विद्यालयले पढाउने तरिका, यहाँको सुरक्षा, अतिरिक्त क्रियाकलाप, अनुशासन, स्कुलले विद्यार्थीका लागि उपलब्ध गराएको वातावरणको बारेमा शिक्षक, अभिभावक, स्कुलको व्यवस्थापनलगायत सबैलाई बुझाएर सामुहिकतामा विश्वास र काम गर्न इम्पेरियलले सबैलाई प्रेरित गर्दै आएको छ ।
(जुनिता कार्की बुढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलकी प्रिन्सिपल हुन् ।)













कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि तीन मन्त्रीको कार्यभार थप
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
छापियो १० लाख नमुना मतपत्र
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया