देश सङ्कटमा पर्दा कांग्रेस र एमालेबीच सधैँ सहकार्यः वरिष्ठ उपाध्यक्ष पोखरेल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सङ्कटमा पर्दा नेपाली कांग्रेस र एमालेबीच विगतदेखि नै सहकार्य हुँदै आएको बताउनुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको दोस्रो जिल्ला सम्मेलनको आज भक्तपुरमा उद्घाटन गर्दै उहाँले पछिल्लो समय दुई पार्टीबीच सत्ता सहकार्य त्यसैको निरन्तरता भएको बताए ।
“कांग्रेस एमाले दुईवटा राजनीतिक पार्टी मात्रै होइनन्, सधैँ सङ्कटको बेला मिलेर काम गर्ने राजनीतिक खम्बा पनि हुन् । अहिलेको गठबन्धन पनि त्यसैको एउटा नमूना हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । इतिहासका हरेक कालखण्डमा कांग्रेस र कम्युनिष्टहरूबीच राजनीतिक रूपमा सहकार्य र प्रतिस्पर्धा दुवै हुँदै आएको सन्दर्भ उल्लेख गर्दै अहिले पनि समस्या समाधानका लागि सहकार्य र निर्वाचनमा प्रतिस्पर्धा गर्ने साझा दृष्टिकोणसहित अगाडि बढेको उल्लेख गरे ।
“राणाशासनविरोधी आन्दोलनदेखि पछिल्लो २०६२÷६३ को जनआन्दोलन र २०७२ को संविधान जारी गर्दासम्म कांग्रेस र एमाले एक भएर नै सङ्कटलाई पार लगाइएको हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,“हालको सत्ता गठबन्धन पनि देशलाई सङ्कटबाट जोगाउन, राजनीतिक अस्थिरता अन्त्य गर्न, देशलाई सही मार्गमा ल्याउनका लागि भएको हो । सोहीअनुसारका काम गरिरहेका छौँ ।”
विसं २०८४ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने र त्यसका लागि दुवै पार्टी तयारीका साथ अगाडि बढिसकेको उनको भनाइ थियो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, एमाले भक्तपुर अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा, सङ्गठनका बाग्मती प्रदेश उपाध्यक्ष रञ्जन खड्कालगायतले सम्बोधन गर्नुभएको थियो ।


















इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया