‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा शाओमी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ ।
यही फागुन २५ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ ।
त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरेको थियो । शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ ।
सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् ।
शाओमीले सबै सङ्गीतप्रेमीहरूलाई ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ मा सहभागी भई यो अद्भुत सहकार्यलाई समर्थन गर्न आमन्त्रण गर्दछ । आगामी दिनमा शाओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।













ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया