बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

रौतहट । बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर तीन जनालाई पक्राउ गरेको पण्डितले बताए।
होटलमा छापा मारेर चेकजाँच गर्दा उनीहरूको साथबाट १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रवक्ता पण्डितले बताए।
ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
















आन्तरिक उडान सुचारू
भक्तपुरमा ३ सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
HoR elections: More youth candidates seeking voters’ trust in Madhesh, breaking past trends
सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ सम्पन्न, उत्कृष्ट अभिकर्ता तथा एमडीआरटी २०२६ सम्मानित
स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
प्रतिक्रिया