बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

रौतहट । बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर तीन जनालाई पक्राउ गरेको पण्डितले बताए।
होटलमा छापा मारेर चेकजाँच गर्दा उनीहरूको साथबाट १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रवक्ता पण्डितले बताए।
ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया