आजपनि घट्याे सेयर बजार, काराेबार रकम झण्डै ११ अर्ब

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । सोमबारयता उकालो नलागेको नेप्से परिसूचक आज पनि २५ दशलमव १६ अंकले घटेर २,८२१ को विन्दुमा कायम भएको हाे ।
बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९७ करोडमाथिको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९६ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको हाे । यस्तै नेपाल पुनर्बीमा कम्पनीको ९० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सगरमाथा जलविद्युतको ३० करोड ७९ लाखको सेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया