अन्तराष्ट्रिय नारी दिवसमा महाप्रबन्धक बस्नेतलाई अमेरिकाबाट सम्मान

न्यूर्याक(अमेरिका) । मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउँदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन् ।
अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालित मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मानपत्र सहित सम्मान गरेका हुन् ।
‘१५ बर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दुरदर्शी मिडिया व्यवस्थापनले गर्दा अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रुपमा चिनाउन अतुलनीय योगदान रहेको छ । यसका लागि म बस्नेतलाई सम्मान गर्दछु’ वेप्रिनले लिखित रुपमा प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको भन्दै उनले प्रशंसा गरेका छन् ।
वेप्रिन सन् २०१० मा न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा प्रथम पटक निर्वार्चित भएका थिए । त्यसदेखि हरेक निर्वाचनमा एसेम्बली मेम्बरमा निर्वाचन जित्दै आएका छन् । उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटिको चेयरम्यान, कमिटि अफ बैंक, कमिटि अफ जुडीसरी, एसियन प्यासेफिक अमेरिकन ट्राक्सफोर्सको लगायतका राज्यको बिभिन्न कमिटि सदस्य रही काम गरिरहेका छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया