सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव महानिरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक र विशेष बढुवा भएका अधिकृतहरुलाई आइतबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
गृह मन्त्रीस्तरको यही फागुन २० गतेको निर्णयले कृष्ण ढकाल, दिपेन्द्र कुँवर र विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका थिए ।
यसैग गृह मन्त्रालय सचिवस्तरको यही फागुन १ गतेको निर्यणले प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी निरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक वेद प्रकाश यादव पदोन्नती भएका थिए भने अवकाश पूर्व संजय कुमार गोईत सशस्त्र प्रहरी नायव उपरीक्षक र प्रकाश सिंह ठकुरी सशस्त्र प्रहरी निरीक्षक पदमा विशेष बढुवा भएका थिए।
महानिरीक्षक अर्यालले बढुवा भएका अधिकृतहरुलाई हार्दिक शुभकामना दिँदै बढुवासँगै थप भएको जिम्मेवारीहरुलाई कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताए ।
उनले सरुवा तथा बढुवा संगठनको नीति नियमानुसार पारदर्शी भएको उल्लेख गर्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले संगठनले के दिन्छ भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावना लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
















आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया