लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज फ्रि

काठमाडौं । इलेक्ट्रिक स्कुटरको बजारमा ख्यातिप्राप्त लुयान नेपालले होलीको अवसरमा विशेष अफर सँचालन गरेको छ ।
लुयान तथा इकुटरका कुनै पनि स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुटका साथै हेलमेट, बाइक कभर तथा होली टिसर्ट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीसँग रु। १ लाख ५० हजार देखि २ लाख ७० हजारसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर रहेका छन् । जसमध्ये सबैभन्दा परिचित र बढी बिक्रि हुने MNK3 मोडेलको स्कुटर हो ।
जसको मूल्य जम्मा १ लाख ९२ हजार ६ सय मात्र छ । त्यसमा पनि अहिलेको अफरमा किन्दा जम्मा १ लाख ७७ हजार ६ सयमा पाउन सकिन्छ । त्यसैगरी कम्पनीसँग रु. २ लाख १५ हजार १ सयमा लुयानको S90, , २ लाख २५ हजारमा इकुटरको E3 २ लाख ९ हजार ७ सयमा विँगर लगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।
कम्पनीसँग जम्मा १ लाख ५० हजार पर्ने काइसाइ ब्राण्डको स्कुटर पनि रहेको छ ।कम्पनीले लिथियम आयन र ग्राफिनी दुबै ब्याट्रि अप्सनमा स्कुटरहरु उपलब्ध गराएको छ । सामान्यतया: नेपाली बजारमा भएका अन्य इलेक्ट्रिक स्कुटरहरुको तुलनामा समान गुणस्तर र कन्फिगुरेसनमा हेर्दा लुयानका स्कुटर धेरै नै सस्तो रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।
त्यसका साथसाथै स्पेयर पार्ट्सको पनि मूल्य कम भएको उनको दावी छ । कुनै पनि सवारीसाधनको बिक्रि भन्दा पनि बिक्रिपछिको सेवा महत्वपुर्ण हुने भन्दै सेल्स हेड शर्माले त्यसका लागि कम्पनीको काठमाडौं उपत्यका भित्र मात्रै १५ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेको जानकारी दिए ।
लुयान तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक सोल डिस्ट्रिव्यटर जीरो इमिसन राइड एन रहेको छ । जसले नेपाली बजारमा विगत ६ बर्ष देखि इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको छ ।
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया