७.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, भित्रियो ९ खर्ब
मेरोन्यूज
२०८१ फागुन २६ गते १८:४३

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ७.३ प्रतशितले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भइ नौ खर्ब ५८ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६२२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८८६ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख ४५ हजार ४३२ र एक लाख ५७ हजार ४५ रहेको थियो ।
सम्बन्धित








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया