काठमाडौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहारको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।
एक विद्यार्थीले इन्स्टाग्राममा संग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे अवमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी हुन् । उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्काशनको धम्की दिने गरेको समेत दाबी गरेकी छन्।
छ वर्षअघि पनि संग्रौलाविरुद्ध यस्तै आरोप लागेको थियो । विद्यार्थीहरूले कलेज प्रशासनलाई उजुरी दिए पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जालमार्फत कुरा बाहिर ल्याएको बताएका छन् । यो प्रकरण सार्वजनिक भएपछि काठमाडौँ स्कुल अफ ल ले फागुन २७ गते विज्ञप्ति जारी गर्दै छानबिन अघि बढाउने बताएको छ । विज्ञप्तिमा निवेदकले कलेजमा पेश गरेको निवेदन सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेकाले निजलाई समितिमा उपस्थित भएर उजुरीको कारवाही र किनारा लगाउन सहयोग गर्न गरेको उल्लेख छ ।

















राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया