काठमाडौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहारको आरोप

काठमाडौं । ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक डा. युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।
एक विद्यार्थीले इन्स्टाग्राममा संग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे अवमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी हुन् । उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्काशनको धम्की दिने गरेको समेत दाबी गरेकी छन्।
छ वर्षअघि पनि संग्रौलाविरुद्ध यस्तै आरोप लागेको थियो । विद्यार्थीहरूले कलेज प्रशासनलाई उजुरी दिए पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जालमार्फत कुरा बाहिर ल्याएको बताएका छन् । यो प्रकरण सार्वजनिक भएपछि काठमाडौँ स्कुल अफ ल ले फागुन २७ गते विज्ञप्ति जारी गर्दै छानबिन अघि बढाउने बताएको छ । विज्ञप्तिमा निवेदकले कलेजमा पेश गरेको निवेदन सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेकाले निजलाई समितिमा उपस्थित भएर उजुरीको कारवाही र किनारा लगाउन सहयोग गर्न गरेको उल्लेख छ ।













Gold and silver prices soar today,too
One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया