मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
मेरोन्यूज
२०८१ फागुन ३० गते २१:४०

जनकपुर । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन जनकपुरधाममा पञ्चकोशी अन्तरगृह परिक्रमा गरी सम्पन्न भएको छ ।
जनकपुरधामको अनुमान गढीबाट फाल्गुन शुक्लपक्ष प्रतिपदा तिथिबाट सुरु भएर फाल्गुन पूर्णिमासम्म चल्ने मिथिला मध्यमा परिक्रमामा यसपटक लाखौँ तीर्थयात्री सहभागी भएका छन् ।
मिथिला मध्यमा परिक्रमामा १४ दिन सहभागी हुनेहरू अनिवार्य रूपमा अन्तरगृह परिक्रमामा सहभागी हुनुपर्ने चलन रहेकाले अन्तरगृह परिक्रमामा सहभागी भएर घर फर्केको हो ।
परिक्रमा मार्गमा होलीका दहनका लागि बालिएको आगोको राख उडाउँदै बिहानदेखि भक्तजन अन्तरगृह परिक्रमामा सहभागी भएका थिए । परिक्रमाका तीर्थयात्रीहरूले नेपालका एक सय सात र भारतको २६ गरेर एक सय ३३ किलोमिटरको दूरी खाली खुट्टा यात्रा तय गर्ने गरेको छ ।
सम्बन्धित
















उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया