‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ सार्वजनिक

काठमाडौँ । ‘भक्तिराम उपाध्याय स्मृति ग्रन्थ’ आज सार्वजनिक भएको छ ।
सांसद सूर्य थापाले उक्त स्मृतिग्रन्थको यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरेका छन् । उनले ग्रन्थले प्यूठानको इतिहासलाई उजागरण गरेको बताए । उनले भक्तिराम उपाध्यायले प्यूठानको विकासमा योगदान गरेको चर्चा गर्दै उनको देखाएको मार्गदर्शनमा सवै लाग्नुपर्ने बताए ।
सांसद थापाले भक्तिराम जस्ता पुराना पुस्ताको बारेमा ग्रन्थ उल्लेख गरेर उनी एक निष्ठावान, इमान्दार आर्दशकका पात्र रहेको समेत बताए ।
प्यूठान शिक्षित र जागृत समाज रहेको उल्लेख गर्दै भक्तिराम जस्ता अन्य व्यक्तिको बारेमा संस्मरण ग्रन्थ लेख्नुपर्ने उनको भनाई थियो ।
उनले भक्तिरामले प्यूठानको शैक्षिक जागरणको शुरुवात गरेको समेत बताए ।
उनले भक्तिराम अन्याय, अत्याचार नसहने र न्यायको हिमायति, हक्की, एवम् भद्र व्यक्तित्व रहेको समेत बताए ।
कृषि विकास बैंकका उपमहाप्रवन्धक मीनराज पोखरेलले भक्तिरामले प्यूठानको शिक्षा क्षेत्रमा पुर्याएको योगदान सराहनिय रहेको चर्चा गरे ।
कार्यक्रममा भक्तिरामका छोरा हरिप्रसाद पोखरेलले बुवाले गरेको योगदानबारे जानकारी गराउन ग्रन्थ प्रकाशित गरिएको जानकारी दिए । उनले ग्रन्थले प्यूठानको विकासको प्रतिविम्बित गरेको बताए ।
यस्तै ग्रन्थका सम्पादक जीवराम भट्टराईले ग्रन्थ युवा पुस्ताका लागि मार्गदर्शन रहेको बताए ।
ग्रन्थमा ९८ जना व्यक्तिहरुले भक्तिरामको बारेमा लेख्नु भएको छ । प्यूठान ओखरकोटमा जन्मेका भक्तिरामले तत्कालिन विपी कोइरालाको नेतृत्वमा संचालित २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाउनु भएको उहाँका छोरा हरिप्रसाद पोखरेलले जानकारी दिए ।
ग्रन्थ बाल शिक्षा माध्यामिक विद्यालय, पूर्व विद्यार्थी समाजले प्रकाशन गरेको हो ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया