आज मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
मेरोन्यूज
२०८१ चैत ३ गते १०:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
आजको बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ ।स्रोतका अनुसार एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।
नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदै छन् ।
सम्बन्धित














उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया