राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौँ। सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन् । आज राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजाल गत साउनमा दुर्घटना भएका सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे ।
“उक्त जहाज दुर्घटना भएको आठ महिना वितिसक्दा पनि छानबिन गरेर प्रतिवेदन तयार गर्न सकेको छैन । दुर्घटनामा ज्यान घुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन् । उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानआकर्षण गराउन चाहन्छु,” उनले भने ।
सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सकोे दुर्घटनासम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन् । उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रको पदोन्नती नगराइएकोमा सरकारसँग जवाफ मागेकी छिन् । सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरुसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए ।
सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाएकी छिन् । सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरुलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन् ।
सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै निर्माण गर्नुपर्नेमा जोड दिएकी छिन् । शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।
बैठकमा सांसदहरु श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया