एनएमबि बैंकले सुरु गर्यो ‘दिगो ग्रीन सेभिङ्स डिपोजिट’
मेरोन्यूज
२०८१ चैत ४ गते १३:१७

काठमाडौं। एनएमबि बैंकले ‘ग्रीन सेभिङ्स डिपोजिट’ (हरित बचत खाता) नामक बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ ।
यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनामा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार सो खाताबाट ग्राहकले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया