२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग
मेरोन्यूज
२०८१ चैत ५ गते १३:२४

काठमाडौं। गत सोमबार राती समातिएको २५ करोड रूपैयाँको उचित छानबिनको माग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको विषयमा छानबिनका लागि विशेष समिति बनाउन माग गरेको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् ।
‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।
सम्बन्धित










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज पुस ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया