‘सक्किगोनि’को तेस्रो सिजन बन्द, यस्तो छ कारण
मेरोन्यूज
२०८१ चैत ५ गते १३:५४

काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनि’को तेस्रो सिजन बन्द भएको छ ।
सिरियलका कलाकार अर्जुन घिमिरे (पाँडे) ले सामाजिक सञ्जालमार्फत परिस्कृत सिर्जनाको तयारीका लागि तत्काललाई विश्राम लिएको जनाएका छन् । उनले चाँडै नै आफुहरुले ‘सक्किगोनि’को चौथो सिजन ल्याउने समेत बताएका छन् ।
“तेस्रो सिजनबाट प्राप्त गरेको ज्ञान, सिप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै चौथो सिजन लिएर आउनेछौँ,” कलाकार घिमिरेले लेखेका छन्।
साथै उनले चौथो सिजनका लागि सुझाव पनि माग गरेका छन् ।
‘सक्किगोनि’ को तेस्रो सिजनअतर्गतको ९३ औँ भाग पाँच दिनअघि बिहिबार मात्रै प्रसारणमा आएको थियो ।
सम्बन्धित













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया