एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार म्यानमार प्रस्थान गरेका छन्।
म्यानमार न्यारेटिभ थिङ् ट्यांकको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन्।
करिब एक साताको भ्रमण अवधिमा उनले त्यहाँका विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम छ। त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गर्न पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो।
अध्यक्ष नेपाल म्यानमार प्रस्थान गरेसँगै पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेदारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ।
पार्टी उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष पाण्डेले दैनिककार्य सञ्चालन गर्नेछन्।
















राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया