मैत्रीपूर्ण फुटबल : नेपालले पहिलोपटक हरायो सिंगापुरलाई
मेरोन्यूज
२०८१ चैत ७ गते २०:५४

काठमाडौँ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध नेपालले १–० को जित निकालेको छ। शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा भएको खेलमा जिलेस्पीजंग कार्कीले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।
नेपालले सिंगापुरविरुद्ध पहिलो पटक जित निकालेको हो। नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए।
विश्वकप छनोटअन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७-० ले पराजित भएको थियो। यसै गरी सन् १९८९ मै विश्वकप अन्तर्गतकै खेलमा पनि नेपाल ३-० ले पराजित भएको थियो।
त्यसअघि सन् १९८२ को किंग्स कपमा नेपालले सिंगापुरसँग २-० को हार बेहोरेको थियो।
नेपालले एएफसी एसिया कप छनोटको तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ।
सम्बन्धित
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया