धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ

महेन्द्रनगर (धनुषा) । चार सय ७७ किलो गाँजासहित जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेस प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनीट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएको पोकामा लुकाएर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला पारेको जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए ।
प्रहरी आज पत्रकार सम्मेलन गर्दै बरामद गरिएको गाँजा, मिनीट्रक र पक्राउ परेका चालक मकवानपुर पालुङ नगरपालिका–२ फाँटबजार बस्ने २४ वर्षीय सञ्जिव सिन्तानलाई सार्वजनिक गरेको छ ।
यसैगरी, धनुषाको मुसहर्निया गाउँपालिका–६ बैरिया टोल बस्ने भजु यादवको गोठमा भन्सार छली गरी लुकाएर राखिएको रु १९ लाख ६२ हजार पाँच सय मूल्य बराबरको जुत्ता, मोबाइलको टेम्पर ग्लास, एयरफोन र चार्जर बरामद गरिएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ कदम चोकस्थित शिवम् साहको डेराबाट रु नौ लाख ८० हजार एक सय २० सहित विभिन्न बैंक खाताको चेकबुक २४ थान, विभिन्न बैंकमा नगद जम्मा गरेको बैंक भौचर ८० थान, सात थान मोबाइल, मोटरसाइकल एक थानसहित अन्य सामाग्री बरामद गरिएको प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय रवी साह र जनकनन्दिनी गाउँपालिका–२ बस्ने २२ वर्षीय अब्दुलकवारी शेखसँग रु नौ लाख नगद, दुई थान मोबाइल र एक थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो

















अमेरिकामा भीषण हिमपात :५ हजारभन्दा बढी उडान रद्द,६ लाख घरमा विद्युत अवरुद्ध
पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आईसीसी टी–२०विश्वकपः सुपर आठमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया