बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सवः एनएमटीसीको रजत जयन्ती समारोह

काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल कन्टिन्युम स्कूलमा सम्पन्न गरेको छ। बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति निर्माताहरू, र सरोकारवालाहरू एकत्रित भई, एनएमटीसीको योगदानबारे समीक्षा गर्दै नेपालमा मोंटेसरी शिक्षाको भावी मार्गचित्रबारे छलफल गरे।
औपचारिक समारोहका क्रममा एनएमटीसीकी निर्देशक पवित्रा लिम्बूले मुख्य सम्बोधन गरिन् । जसमा संस्थाको २५ वर्षको यात्रा तथा बाल शिक्षामा एनएमटीसीले पुर्याएको प्रभावबारे प्रकाश पारिन् । उनले मोंटेसरी शिक्षकहरूको अथक समर्पण र एनएमटीसीलाई नेपालको प्रमुख प्रशिक्षण संस्थाका रूपमा स्थापित गर्न सम्पूर्ण समुदायको भूमिका उल्लेख गरिन् ।
मोंटेसरी शिक्षाको आधारभूत दर्शनलाई उजागर गर्दै, उनले स्वतन्त्र, जिज्ञासु र आत्मविश्वासी बालबालिका तयार पार्ने एनएमटीसीको उद्देश्यलाई पुनः पुष्टि गरिन् । साथै, भविष्यमा प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, आधुनिक शिक्षण प्रविधि समावेश गर्ने, तथा साझेदारीहरू सुदृढ गर्दै नेपालभर बाल शिक्षाको गुणस्तर सुधार गर्ने एनएमटीसीका लक्ष्यहरू प्रस्तुत गरिन् ।
कार्यक्रममा प्रधान अतिथि माननीय देव राज घिमिरेको उपस्थितिले विशेष गरिमा थपेको थियो । उनले एनएमटीसीको नेपालमा मोंटेसरी प्रशिक्षणको अगुवा भूमिका को प्रशंसा गर्दै गुणस्तरीय प्रारम्भिक बाल शिक्षाले राष्ट्रको भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।
सेतो गुराँसकी संस्थापक अगाथा पाख्रिन थापाले पनि मोंटेसरी शिक्षाका आफ्ना अनुभवहरू प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गरिन् ।
कार्यक्रमको आरम्भमा प्रिमियर इन्टरनेशनल कन्टिन्युम स्कूलका विद्यालय काउन्सलर तथा मनोवैज्ञानिक कर्णव प्रभाकर द्वारा न्यूरोडेभलपमेन्टल डिसअर्डर र प्रारम्भिक बाल विकास विषयमा महत्वपूर्ण सेमिनार प्रस्तुत गरिएको थियो ।
त्यस्तै, स्पिच एन्ड हियरिङ एसोसिएसन अफ नेपालकी उपाध्यक्ष तथा भाषिक सुनाइ विशेषज्ञ नीलम लामा दाहालले भाषा तथा श्रवण विकास महत्वपूर्ण चरणहरू र प्रारम्भिक जोखिम पहिचान विषयमा अर्को महत्वपूर्ण सत्र प्रस्तुत गरिन् ।
उनले बाल्यकालको भाषिक विकासका महत्वपूर्ण चरणहरू तथा भाषा वा सुनाइसम्बन्धी समस्या देखाउने संकेतहरू बारे छलफल गर्नुभयो। साथै, स्पिच थेरापी विधिहरू, अभिभावकहरूको भूमिका, र शिक्षण पद्धतिहरूमा प्रारम्भिक हस्तक्षेपको प्रभावकारिता सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरिन् ।










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया