सेकार्कु तातोपानी कुण्ड व्यवस्थित बनाउन पूर्वाधार निर्माण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ ।
पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले एक करोड १७ लाखको लागतमा पूर्वाधार निर्माण थालेको हो ।
अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी सङेकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिए।
‘कालीगण्डकी किनारको तातोपानी व्यवस्थित नहुँदा हाल हिउँद याममा मात्र खुला ठाउँमा स्नान गर्न सकिन्छ’, उनले भने, ‘बेनी–जोमसोम सडकको नजिकै निर्माण हुन लागेको पोखरी सञ्चालन गरेर आम्दानीको स्रोत बनाउने लक्ष्य छ ।’
सेकार्कुमा ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी संकलन गरेर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको विशेष अनुदानमा सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि २०८१ असार ३ गते कालीगण्डकी निर्माण सेवा प्रालिसँग रू एक करोड १७ लाख ६० हजार छ सय ८५ मा ठेक्का सम्झौता भएको थियो ।
विसं २०८२ जेठ ३० गतेसम्म म्याद रहेको ठेक्कामार्फत पोखरी र परिसरमा भौतिक संरचना निर्माण गर्ने काम ७० प्रतिशत सकिएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर करिम मुल्लाह मियाले बताए।
ठेकेदारले तातोपानी संकलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ । तातोपानीको मुहानसम्म पुग्ने सडक बनाउन धेरै खर्च लाग्ने र बर्खामा बाढीले असर पुर्याउने भएकाले केही तल संरचना बनाउन लागिएको हो ।
बेनी–जोमसोम सडकको तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुलदेखि पाँच सय मिटर नजिकै बनाउन लागिएको तातोपानी कुण्डले मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया