विभिन्न ७ स्थानमा आगलागी, लाखौँ रुपैयाँको क्षति

काठमाडौँ । भक्तपुरसहित देशका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
मोरङ, धनपालथान गाउँपालिका-२ आमाहिबरियाति टोल बस्ने दिलिप साहको भान्सा घरमा गए राति आगलागी हुँदा करिब २ लाख ९१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सल्यान, कुमाख गाउँपालिका-५ झारकाँडा बाहुनखान बस्ने बिष्णु कुमाईको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा नगद, सुन, अन्नपात, काठ, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ७ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रोल्पा, रून्टिगढी गाउँपालिका-६ धारापानी बस्ने लाल बहादुर बिकको घर र गोठमा सोमबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सप्तरी, राजबिराज नगरपालिका-१५ मुसहरनिया बस्ने शत्रुधन मण्डलको गोठ र घरमा सोमबार बेलुकी आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात लगायतका सरसामान जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भक्तपुर, भक्तपुर नगरपालिका-९ दत्रातय बस्ने सुमनराज गिरी महन्तको घरमा बद्रीनारायण कर्मचार्यले संचालन गरेको पूजा सामाग्री पसलमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया