एक अर्ब ९८ करोड राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव ०८०/८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो ।
कार्यालयको तथ्यांकअनुसार गत आव ०८०/८१ को सोही अवधिमा रु. एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालू आवमा रु. चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
गत आवभन्दा राजस्व संकलन बढे पनि चालू आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयले आठ महिनामा आयकरबाट रु. ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत रु. ६ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत रु. ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत रु. ३३ करोड १८ लाख ४५ हजार राजस्व संकलन गरेको छ ।
अन्तःशुल्क तिर्ने प्रतिष्ठानको नियमित अनुगमन र निगरानीले गर्दा चालू आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३.७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए ।
कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही गर्ने गरिएको उनले बताए ।
















सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया