स्काईवेलको फ्ल्यागसिप सोरुम इटहरीमा पनि

काठमााडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो सो रुम आज औपचारीक उद्घाटन गरेको छ ।
नेपालमा पाईने विद्युतीय सवारी साधनहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याएको थियो ।
हिजाे सोमबार प्रमुख अथिती, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राईले एक समारोहका बीच रिवन काटेर विक्री कक्षको उद्घाटन गरे।
उद्घाटन समाराेहमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रा. लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल लगायतको उपस्थिती थियो ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्टे«लिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ ।
स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स्जाईन्ट स्काईवर्थको ब्राण्ड हो ।















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया