इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट

काठमाडौं – इरान विश्व कप फुटबल-२०२६ का लागि छनोट भएको छ। तेहरानमा उज्बेकिस्तानलाई हराउँदै इरान विश्वकप छनोट भएको हो। इरानलाई विश्वकपमा छनोट गराउने क्रममा मेहदी तरामीले दुवै गोल गरे। उज्बेकिस्तानका लागि खोजिमाट एर्किनोभ र अबोस्भेक फयजुलेभले गोल गरे। दुई खेल बाँकी रहँदा इरानको २० अङ्क छ।
तेस्रो स्थानमा रहेको संयुक्त अरब इमिरेट्सको १३ अङ्क छ। एक समूहबाट दुई टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। सो समूहमा दोस्रो स्थानमा रहेको उज्बेकिस्तानको १७ अङ्क छ।
समूह एकको अर्को खेलमा किर्गिस्तानले कतारलाई ३-१ ले हरायो। संयुक्त अरब इमिरेट्सले उत्तर कोरियासँगको खेलको २-१ को सफलता पायो।
समूह ‘बी’को खेलमा कोरिया र जोर्डनबीच १-१ गोलको बराबरी भयो। प्यालेस्टाइनले इराक माथि २-१ को सफलता पायो। ओमानले कुवेतलाई १-० ले हरायो।
समूह ‘सी’मा यस अघि नै बराबरी गरिसकेका जापान र साउदी अरेबियाबीच गोल रहित बराबरी भएको छ। अस्ट्रेलियाले चीनलाई २-० ले हरायो भने इन्डोनेसियाले बहराइनसँगको खेलमा १-० को सफलता पायो।











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया