भूमिसम्बन्धी अध्यादेशबाट ब्याक भयो सरकार, नियमित विधेयकको रूपमा अघि बढाउने सहमती

काठमाडौँ । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारुढ दलका शीर्ष नेताहरूबीच सहमती भएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको हो ।
सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसद्ले स्वीकृत गरेर छलफलका क्रममा छन् । तर, भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृत समेत हुन सकेको छैन ।
यो अवस्थामा भूमि अध्यादेश फिर्ता लिएर अगाडि बढ्ने विषयका सत्तारुढ दलहरूका बीचमा सहमती भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका सत्तारुढ दलका नेताहरूको उपस्थिति रहेको थियो ।
भूमि सम्बन्धी अध्यादेश आगामी चैत १८ गतेदेखि निष्क्रिय हुँदैछ ।















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया