काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात
मेरोन्यूज
२०८१ चैत १२ गते १९:३१

भद्रपुर (झापा) । चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रू १२ अर्ब ७४ करोड १५ लाखबढीको पेट्रोलिय पदार्थ आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल, डिजेल, एलपि ग्यास, एटिएफ र मट्टितेल आयात भएको हो ।
गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताए ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रू छ अर्ब १२ करोड ४२ लाख राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा रू पाँच अर्ब ८० करोड १८ लाख राजस्व संकलन भएको थियो ।
सम्बन्धित
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया