नामी ईभी अब मात्र ५.९९ लाख डाउन पेमेन्टमा

काठमाडौं । डोङफेङ नामीका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नयाँ फाइनान्सिङ अफर ल्याएको छ ।
ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको कम्पनीको भनाइ छ।
यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउन पेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्।नामी ईभी मोडेलहरूको लागि डाउन पेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ।यसले ग्राहकहरूलाई कुनैपनि क्यापिटल अप फ्रन्ट बिना पूर्णरूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ । जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध हुने कम्पनीको विश्वास छ ।
सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ । जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्ने कम्पनीले उल्लेख गरेको छ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिने कम्पनीले जनाएको छ ।
फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्नेछन् ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया