सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्दै

काठमाडौं। सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले उनको राहदानी रद्द प्रक्रिया अघि बढाएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा शाहको राहदानी रद्द गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन गइसकेको छ ।
गृहमन्त्री रमेश लेखकले घटनास्थलको स्थलगत अनुगमन अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको कार्यालयले ज्ञानेन्द्रलाई देशबाट भागेर जान नदिन उक्त प्रक्रिया अघि बढाइएको जनाएको छ । ‘हिजोको हिंसात्मक घटनामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पूर्वराजाको संलग्नता छ । उनले निर्मल निवासमै बोलाएर दुर्गा सुवेदी र नवराज सुवेदीसहितलाई उकास्ने काम गरेका थिए,’ प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबसँग भने, ‘यो प्रकरणमा सरकार सोचेभन्दा पनि गम्भीर छ । यो घटनामा तपाईंहरूले सोचेभन्दा पनि कडा रुपमा प्रस्तुत भएर सरकारले दोषी जो जति संलग्न छन्, ती सबैलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ ।’










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया