भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ

काठमाडौं। भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नियोजित ढंगले राजावादीबाट आक्रमण भएको बताएका छन् । कोटेश्वरस्थित भाटभटेनीमा शुक्रबार राजावादी समूहले लुटपाट गरेपछि उनले नियोजित ढंगले आक्रमण भएको प्रतिक्रिया दिएका हुन् ।
‘म व्यवसायी भए पनि राजनीतिमा ०३५–३६ सालदेखि नै हामीलाई ज्ञान छ । यस्तो घटना मैले जीवनमा देखेको थिएन,’ गुरुङले भनेका छन्, ‘प्राइभेट सेक्टरको व्यवसायीलाई आक्रमण गर्नु भनेको बहुत दुःखद् हो । यो घटना नियोजित हो । कान्तिपुर, अन्नपूर्ण, भाटभटेनीलाई आक्रमण गर्नु भनेको नियोजित नै हो ।’ उनले राजावादीहरू गलत बाटोमा गएको पनि टिप्पणी गरे । ‘नहुने काम गरे । गलत बाटो गए । यो मिडिया हाउसको तोडफोड, व्यवसायीको तोडफोड गरेर गलत काम भयो । बिल्कुल गलत काम भयो,’ सञ्चालक गुरुङले भने ।
उनले क्षतिको विवरण संकलन भइरहेको भन्दै आन्दोलनकारीले भाटभटेनीबाट ठूलो संख्यामा मोबाइल, घडी, मदिरा आदि लगेको बताए । ‘सिसाहरू पूरै फुटेको छ, त्यसको इन्जिनियरहरूले हिसाब गर्दैछन्,’ गुरुङले भने, ‘बाहिर भएको धेरै सामान लुटपाट गरे । मोबाइलहरू धेरै लगे । घडीहरू सबै लगे । बियर, ह्विस्की धेरै लगे । यो नहुने काम भयो ।’









देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया