गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गरेका छन् ।
आज माल्टामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को युरोपेली क्षेत्रीय सम्मेलन, २०२५ मा उनले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताए । मन्त्री भण्डारीले भने– ‘नेपालमा कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा लगानीका सरकारले वातावरण बनाएको र त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ ।
मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै निर्धक्क भएर लगानीका लागि आग्रह गरे । सरकारले लगानीका लागि आवश्यक कानुनी संरचना बनाइसकेको र त्यसैमा टेकेर उद्योग, व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय थुप्रै लगानी सुरु भइसकेको उनको भनाइ थियो ।
कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली मध्यस्थकर्ताका रूपमा रहेका थिए ।
कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, लगानी बोर्डका उपसचिव हिमालचन्द्र अर्याल, डा बद्री केसी, टीका गुरुङ, गोविन्द खरेल घनश्याम पाण्डेलगायतले प्रस्तुतीकरण गरेका थिए ।










क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ : कार्यवाहक प्रमुख आयुक्त
जेनजी घटनापछि सबैकाे आलोचना हामीले खेपिरहेका छाैं : प्रधानमन्त्री
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
प्रतिक्रिया