विपक्षी दलका नेता प्रचण्डसँग प्रधानमन्त्रीको टेलिफोन संवाद
मेरोन्यूज
२०८१ चैत १६ गते १२:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् ।
संसद खुलाउने विषयमा उनीहरूबीच फोनमा कुराकानी भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । जसकारण ४ दिन देखी संसद् बैठक सञ्चालन हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।
प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको समेत सचेतक बर्तौलाले जानकारी दिएका छन् ।
सम्बन्धित















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रतिक्रिया