शुक्रबार, जेठ २, २०८२

डा. बरालले उपकुलपतिबाट राजीनामा दिएको औपचारिक जानकारी छैनः मन्त्री भट्टराई

मेरोन्यूज २०८१ चैत १६ गते १३:५४

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएका भन्ने जानकारी नरहेको बताएकी छन् ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले यस विषयमा आफू अनभिज्ञ रहेको बताएकी हुन् । आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको भन्दै शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् ।

किन राजीनामा दिएको भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाइन् ।

उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । बिरामीको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । 

प्रतिक्रिया