पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल, ४ लाख ४४ हजार पुरस्कार

काठमाडौं । पहिलो लायन्स कप पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आगामी वैशाख महिनामा आयोजना हुने भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आगामी बैशाख १८ देखि २२ गतेसम्म पहिलो लायन्स कप पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । पोखरास्थित पोखरा रंगशालाको इन्डोर कभर्डहलमा हुने प्रतियोगितामा दुई विदेशीसहित ६ टोली सहभागि हुनेछन् । हालसम्म पाकिस्तान भलिबल क्लब (इस्लामावाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले प्रतियोगिता खेल्ने निश्चित भइसकेको आयोजकले जनाएको छ ।
यस्तै भारत र इरानको टिमसँग पनि सरसल्लाह भइरहेको र यी दुई राष्ट्रमध्यको एक टोलीसँग सम्झौता गरि प्रतियोगितामा सहभागि गराइने लायन्स क्लब, नेपालका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताएका छन् । लिगकम नकआउट चरणका आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई प्रत्येक समूहमा ३ टोली पर्नेगरि दुई समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउनेछन् ।















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया