पत्रकार रजकको एक्स–रे नगरी पोस्टमार्टम गर्न मानेनन् चिकित्सकले

काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने चिकित्सकहरूले अडान लिएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले एक्स रे नगरी पोस्टमार्टम नगर्ने अडान लिएपछि पोस्टमार्टममा ढिलाई भएको छ ।
तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो।
तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन्।
चैत १५ मा समाचार संकलन गर्ने क्रममा एभिन्यूजमा पत्रकार रजकको मृत्यु भएको थियो । आगजनी गरिएको घरमा मृत भेटिएका उनको शरिरमा गोली नलागेको प्रहरी अधिकृतहरु बताउँछन् ।
रजकसँगै पठाइएका सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । उनलाई एक गोली लागेको पुष्टि भएको छ ।
शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया