पत्रकार रजकको एक्स–रे नगरी पोस्टमार्टम गर्न मानेनन् चिकित्सकले

काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको शव पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने चिकित्सकहरूले अडान लिएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका फरेन्सिक विभागका चिकित्सकले एक्स रे नगरी पोस्टमार्टम नगर्ने अडान लिएपछि पोस्टमार्टममा ढिलाई भएको छ ।
तीनकुनेमा प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर ज्यान गुमाएका पत्रकार रजकको शव पोस्टमार्टमका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँले मंगलबार पत्र पठाएको थियो।
तर, चिकित्सकहरूको टोलीले रजकको मृत्यु गोली लागेर भएको हुन सक्ने भनी बाहिर हल्ला आएको कारण भोलि विवाद हुन सक्ने भन्दै पहिला एक्सरे गर्नुपर्ने अडान लिएका हुन्।
चैत १५ मा समाचार संकलन गर्ने क्रममा एभिन्यूजमा पत्रकार रजकको मृत्यु भएको थियो । आगजनी गरिएको घरमा मृत भेटिएका उनको शरिरमा गोली नलागेको प्रहरी अधिकृतहरु बताउँछन् ।
रजकसँगै पठाइएका सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । उनलाई एक गोली लागेको पुष्टि भएको छ ।
शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ ।









सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया