नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी व्यक्त गरे भने कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैबीच सानिगाड हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ८५ लाख ५० हजार कित्ताको ८५ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र सानिगाडको प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
योसँगै कोषले कालंगा हाइड्रो लिमिटेडको प्रति कित्ता एक सय रुपैयाँ अंकित ४९ लाख कित्ताको उनानचास करोड रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा कोषको कार्यकारी निर्देशक कार्की र लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया