तीनकुने घटनाबारे गृहमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिने
मेरोन्यूज
२०८१ चैत १९ गते १६:५२

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग चैत १५ गतेको तीनकुने घटनाबारे जानकारी लिने भएको छ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए।
राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रबारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो। साथै प्रदर्शनकारीले निजी सम्पत्ति तोडफोड र आगजनी गरेका थिए।
सम्बन्धित











देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया