नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गराएको हो । पोखराको भने यो लगातार दोस्रो हार हो ।
ललितपरले खेलको ११औँ मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि विदेशी खेलाडी जोनाथन इडवार्डोले गोल गरे । यस्तै खेलको ४२औँ मिनेटमा पोखराका समिर तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पूर्याए । खेलको पहिलो हाफको अतिरिक्त समयमा ललितपुरका इमोह इजेकले गोल गर्दै आफ्नो टोलीको अग्रता बनाए ।
यसपछी खेलको ७५औँ मिनेटमा ललितपुरका लागि जोनाथन इडवार्डोले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोए आइडोले गोल गरे । ललितपुरले ३–२ गोलअन्तरले जित निकाल्यो ।
ललितपुरले दुई खेलबाट चार अङ्क बनाएको छ । ललितपुरले पहिलो खेल काठमाडौँसंग २–२ गोलको बराबरी खेलेको थियो । पोखरा यसअघि पहिलो खेलमा चितवनसँग २–० गोलअन्तरले हारेको थियो ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया