बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।













लागुऔषधसहित तीन जना पक्राउ
यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया