मानव सेवा आश्रमद्वारा एक करोडको अक्षयकोष स्थापना

झापा । सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरण पोषणका लागि मानव सेवा आश्रमले झापामा रु. एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरण पोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्न सक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ ।
समाजसेवी नीलकण्ठ तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा रु. एक लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर नगरपालिका-४ बाहुन डाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई बिघा पाँच कट्ठा जमिन नि:शुल्क प्रदान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिरमा आश्रमको औपचारिक उद्घाटन गरेका थिए । गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ । हाल यहाँ ४३ रहेका छन् । ७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उनीहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँच जनाको देहान्त भएको संयोजक विश्वकर्माले जानकारी दिए ।
आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने कोही नभएका, सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानवहरूको उद्धार गरी आश्रय दिँदै आएको छ ।
















लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया