मानव सेवा आश्रमद्वारा एक करोडको अक्षयकोष स्थापना

झापा । सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरण पोषणका लागि मानव सेवा आश्रमले झापामा रु. एक करोडको अक्षयकोष स्थापना गरेको छ ।
सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरण पोषण र हेरचाहका लागि दिगो स्रोत जुटाउन अक्षयकोष स्थापना गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । अक्षयकोषमा जो कोही दाताहरूले रकम प्रदान गर्न सक्ने र त्यसरी प्राप्त कोषको ब्याजबाट आश्रितहरूको दैनन्दिनको खर्च जुटाउन सहज हुने उनको भनाइ छ ।
समाजसेवी नीलकण्ठ तिवारीले अक्षयकोषका लागि आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा रु. एक लाख ११ हजार १११ प्रदान गरेर सहयोगको थालनी गरिएको छ । मेचीनगर नगरपालिका-४ बाहुन डाँगीमा आश्रम रहेको छ । स्थानीय रामबहादुर प्रधानले आश्रमका लागि दुई बिघा पाँच कट्ठा जमिन नि:शुल्क प्रदान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिरमा आश्रमको औपचारिक उद्घाटन गरेका थिए । गत साउनदेखि नै आश्रममा अनौपचारिक रूपमा सहयोगापेक्षी सडक आश्रित मानवहरूलाई आश्रय दिइँदै आइएको छ । हाल यहाँ ४३ रहेका छन् । ७६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेर ल्याइएकामा २२ जनालाई उनीहरूकै परिवारमा पुनर्मिलन गराइएको र पाँच जनाको देहान्त भएको संयोजक विश्वकर्माले जानकारी दिए ।
आश्रमले आफ्ना लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने कोही नभएका, सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानवहरूको उद्धार गरी आश्रय दिँदै आएको छ ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया