जागिर खोज्नेहरुका लागि लर्डबुद्धको नयाँ वेबसाइट उपहार

काठमाडौं ।नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट शुभारम्भ गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ। कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्छ। साथै, विद्यार्थीले आवश्यक सीप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सीपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन्। वेबसाइटमै अन्तरवार्ताको तयारी पनि गर्न सकिनेछ।
लर्डबुद्ध एजुकेशन फाउण्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘ईम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सो वेबसाइट (evolvetoday.info) सार्वजनिक गरेका हुन् ।
उनले रोजगारी र सीपको महत्वबारे चर्चा गर्दै एलबीईएफ कलेजको यो कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए । यस प्रकारको कार्यक्रमले रोजगारी खोजिरहेका व्यक्तिहरूलाई सक्षम बनाउने, अवसरहरू प्रदान गर्ने, तथा उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मुल्यांकन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए । उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सीप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो।










रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने – फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया